सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, बैशाख १९ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका ७ जना अधिकृत लगायत बुधबार ६३ जना बिरुद्ध मुद्धा दर्ता गरिएको छ ।
जिल्ला अदालत मोरङमा संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो । अदालतका श्रेस्तेदार नवराज दुलालले अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्र्तगत मुद्दा दर्ता गरिएके जनाएका छन्। मुद्दामा प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो दाबी समेत गरिएको छ।
बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।
साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा प्रहरीका पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका छन् । यसैगरी, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बिरप्रसाद तोलांगी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान ९चाचाजी०, राजन थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, तुलाराम थारू, राजन कुमार, माधव घिमिरे (मदनप्रसाद घिमिरे) लाई बुधबार अदालत बुझाएको हो।
प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती (गोरे), उनका भाइ रमेश उप्रेती, पत्नी नर्वदा खरेल उप्रेती (निरू), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई ९बोलाउने नाम भविन तामाङ०, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतमलगाएत लाई फरार अभियुक्त बनाएर अभियोग दर्ता गरिएको छ।
विमानस्थलबाट गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो। उक्त सुन लुकाएको भन्दै गत फागुन १८ गते सुन तस्करको समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेका थिए भने प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा