सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १९ । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।
बैठकले बजारमा सिर्जना भइरहेको मनपरितन्त्र, बिचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनाका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।
साथै बैठकले आयोगका कामकारबाही व्यवस्थित गर्न आठ सदस्यीय सचिवलाय गठन गरेको छ । नवगठित सचिवालयमा अमृतकुमार बोहरा, शिवबहादुर देउजा, भरत पहाडी, भोजराज जोशी, शान्ति खनाल, निर्मल सुवेदी, कर्णबहादुर घले र चक्रबहादुर पराजुली रहेका छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा