सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, वैशाख १९। नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले एमाले र माओवादीसँग कम्युनिष्ट चरित्र नै नभएको बताउनु भएको छ । उहाँले ‘एजेण्डा, संकल्प र कार्यक्रमका हिसावले वतर्मान गठबन्धन कम्युनिष्ट नामको अवसरवादी गठबन्धन’ भएको बताउनु भएको छ ।
थापाले वाम एकताप्रति लक्षित गर्दै भन्नुभयो, ‘पदको बाँडफाड नमिलेर पार्टी एकता गर्न नसक्ने अनि विदेशी चलखेल भयो भनेर रडाको मच्चाउनु एमाले र माओवादीका लागि लाजमर्दो कुरा हो ।’
एमालेजस्तो अराजक प्रतिपक्ष कांग्रेस कहिल्यै नबन्ने बताएका पूर्वमन्त्री थापाले कांग्रेसको संसदमा भूमिका सधैँ जिम्मेवार प्रतिपक्षको रहने बताउनुभयो । मतका हिसावले कांग्रेस प्रतिपक्ष भए पनि संविधान कार्यन्वयनको सन्र्दभमा अगुवा रहेको उहाको भनाई छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा