सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १९। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बेलुकी साढे ६ बजे बस्ने छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापाबाट फर्किएपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ । बैठकमा पार्टी एकता लगायत समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यस्तै एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि छलफल गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकमा छलफल हुन लागेको हो । बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषयमा मुख्य छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिनभयो ।
माओवादीले बराबरी हैसियत खोजेपछि एमालेसँगको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । एकताका लागि दुई पार्टीका अध्यक्षलाई जिम्मा दिइए पनि छलफल नै हुन सकेको छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा