सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, बैशाख १९। पतिको कुटाइले गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–७ चोहर्वा का ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट पत्नी २३ वर्षीया प्रभादेवीको मृत्यु भएको माइतीको आरोप छ। कुटपिट गर्दा बेहोश भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लगिएको थियो।
बाटोमै उनको मृत्यु भएको दाजु रामसागर शर्माले जानकारी दिए। यसअघि पनि आफ्नी बहिनीलाई पटक–पटक कुटपिट गर्ने गरेको रामसागरले बताए। प्रभाको शव परीक्षणका लागि सिरहा जिल्ला अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
मृतकको नाकबाट रगत आएकाले कुटपिटको आशंका गरिए पनि परीक्षणपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ। कृष्णलाई भने अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा