सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, वैशाख १८। मजदूर दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मजदूरको हकहितका लागि आफू सँदैव लडिरहने बताएका छ्न । निर्वाचन पश्चात आफ्नो जीवनमा परिवर्तनको महसुस गर्न पाइन्छ कि भन्ने अपेक्षा जनताको मनमा पलाएको समेत प्रचण्डले बताए ।
उनले अहिले देश इतिहासको असाध्यै महत्वपूर्ण मोडमा रहेको बताउँदै भने, ‘धेरै समस्याहरु र अप्ठ्याराहरुसँग जुध्दै संघीय गणतन्त्र नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन स्वरुप निर्वाचन गरेका छौं । वाम गठबन्धनप्रति नेपाली जनतामा धेरै ठूलो आशा भरोषा पलाएको छ ।’
नेपाली जनताको आशा र भरोसा अनुसारको काम गरेर अब स्थिरता, विकास, समृद्धि र समुन्नति व्यवहारद्वारा सिद्ध गर्ने अवसर आफूहरुलाई रहेको उनको भनाई थियो । पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच निरन्तर कुराकानी भइरहेको समेत बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा