सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लुम्बिनी, वैशाख १७। प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका छन् । लुम्बिनीबाट शुरु भएको शान्ति र्यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए ।
र्यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए ।
त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए । आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आउनुभएका प्रधानमन्त्री आजनै काठमाडौँ फर्कने कार्यक्रम छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा