सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डडेल्धुरा, बैशाख १६ । डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् । जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हँुदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
जिपको ब्रेकफेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारणको भनाइ छ । घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराए ।
घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा