सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, बैशाख १५ ।-लुम्बिनीमा अन्तराष्ट्रिय शान्ति केन्द्र निर्माण हुने भएको छ ।
बुद्ध जयन्तीको अवशरमा युनिभर्सल पीस केन्द्रको शिलान्यासको हुने भएको हो ।
दुईबर्ष अगाडि जग्गा प्राप्ती गरेको द महासिद्ध स्यांचुरी फर युनिर्भर्सल पीस केन्द्रको भवनको आइतबार शिलान्यास हुने कार्यक्रम छ ।
सो भवन निर्माणको अवलोकन प्रधाममन्त्री केपी शर्मा ओलीले समेत गर्ने बताइएको छ ।
कमलको फुल आकारमा सेतो रंगमा बन्ने भवन निर्माणको मुख्य उद्धेश्य शान्तिको सन्देश फैलाउनु हो ।
भवन शिलान्यासको सम्पूर्ण तयारी पुरा भएको परिकल्पनाकार श्याल्पा तेन्जिन रिन्पोछेले बताए ।
करोडौं लागतमा बन्ने भवनको लागत संकलन चन्दाबाट गरिने बताएको छ । पीस पार्कमा बिभिन्न आर्कषण ध्यान केन्द्र बनाउने योजना छ ।
गौतमबुद्धको बिशाल र शुन्दर मुर्ति राखिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा