सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, वैशाख १४ । प्रदेश नम्बर–५ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा ‘अकस्मात्’ प्रदेश सरकारको चाहना अनुरुप आइतबार बस्न लागेको प्रदेश नम्बर–५ को प्रदेशसभा सचिवालयले जनाएको छ ।
‘देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो’–प्रदेश नम्बर–५ को प्रदेशसभाका सचिव डा. मानबहादुर विकेले भने । उनले सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गरेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा