सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १३ । नेपाल बङ्गलादेश बैक र रिलाएबल लाईफ ईन्स्योरेन्सका बिच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
विहिबार एक कार्यक्रमका विच सम्झौतामा बैकको तर्फबाट बैकका नायव कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।
जीवन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैक नायव कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै रिलाएबलको बिमा योजना तथा बिमा सेवा सजिलैसँग नेपाल बंगलादेश बैंकको ५५ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा