सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरुवा, बैशाख १३। सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। धरान–१५ का २९ वर्षीय राजीव भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बा ३ ख ७८७० नम्बरको माइक्रोबससँग विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा चालक भुजेलको मृत्यु भएको हो।
माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल गोल्डेन अस्पताल विराटनगर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
माइक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा