सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख १३ । चेन्नेईले बुधबार आईपीएलको ११ औ संस्करणमा रोमाञ्चक भिडन्तमा बेंग्लोरलाई ५ विकेटले हराएको छ । एम.चिन्नास्वामी स्टेडियममा खेलीएको म्याचमा बेंगलोरले पहिला ब्याटिङ गर्दे चेन्नाईको अगाडी २०६ रनको विशाल चुनौती दियो । जसलाई चेन्नेईले दुई बल रहदै पाँच विकेट गुमाएर हासिल गर्यो ।
म्यान अफ द म्याच धोनी (७०) र अंबाती रायुडु (८२) रन लिदा चेन्नेई लाई निकै मुस्किल देखिएको जीत दिलाएको हो । दुबैले पाँचौ विकेटको लागी १०१ रनको साझेदारी गरे जबकी चेन्नेईको ४ विकेट ९ ओभरमा ७४ रनमा झरीसकेको थियो । रायुडूले ५३ बलमा तीन चौका र आठ छक्काको मद्यतले ८२ रन बनाए तर उनी १८ औ ओभरमा रन आउट भए ।
महेन्द्रसिंह धोनीले ७० रनको पारी खेले जसमा ३४ बलको सामना उनले गरे । उनको यस पारीमा सात छक्का र एक चौका लिए । धोनीले शुरुमा निकै तेज खेल खेले तर १२ ओभरको दौरान उनले आफनो खेललाई बदलिए । त्यो समय चेन्नेईलाई जितको लागी ४८ बलमा १०५ रनको आवश्यकता थियो ।
केही समयपछि रायुडू पनि आउट भए तर धोनीले धैर्य गुमाएनन् । उनले विजयी छक्का हानेर विश्वकप २०११ को याद दिलाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा