सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १२। नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । जसमा एउटा मात्रै बाघको तस्वीर अंकित गरेर छापेको छ। यसअघि दुई वटा बाघ अंकित पाँच सयका नोट चल्तीमा थिए। साविककै आकार तथा रंगमा नयाँ नोट चल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोट :
नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको छ । बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालिगुराँसको पानीछाप, नोटको तल्लो भागमा वि.सं. २०७३ अंकित गरिएको छ।
नयाँ नोट :
भित्र रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र नोटलाई ढल्काएर हेर्दा हरियो देखिने हुनाले सोही अनुसार सर्वसाधारणले नक्कली/सक्कली छुट्याउन सक्नेछन्। नोटहरु आजैदेखि चल्तीमा आएको जनाउँदै नेपाल राष्ट्र बैंकले साविकका नोटहरु पनि चल्तीमै रहने जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा