सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरुवा, बैशाख १२। सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । स्थानीयले आफ्नो समस्या आफैं समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले जानकारी दिए ।
मंसिरमा स्थापना भएको केन्द्रले हालसम्म २४३ मुद्दा परेकोमा १५२ मा सहमति भई फछ्र्योट भएको मेहताले बताए । गाउँमा सर्वसुलभ र सबैको पहुँचका लागि गाउँमा मेलमिलाप केन्द्र प्रभावकारी बनेको मेलमिलाप केन्द्र, देवानगञ्ज गाउँपालिकाका संयोजक रामेश्वर मेहताले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा