सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कफी पिउनु चुरोट पिएजत्तिकै खतरनाक हुन्छ त ? यसो होइन भने अमेरिकाको क्यालिफोर्नियाका एक न्यायाधीशले किन कफीको प्याकेजमा क्यान्सरको चेतावनी दिनुपर्ने आदेश दिए ? कफी र क्यान्सरको लिंकका विषयमा कमै मात्र प्रमाण भेटिन्छन् तर कफी रोस्ट गर्ने प्रक्रियामा नजर पु–याउनुपर्छ । विश्व स्वास्थ्य संगठनले कफीमा कुनै समस्या नभएको बताएको छ । दुई वर्षअघि मात्र यसलाई क्यान्सर फैलाउने वस्तु (कार्सिनोजेनिक) को सूचीबाट संगठनले हटाइसकेको छ । कफीले क्यान्सर गराउँछ भन्ने दह्रो प्रमाण फेला नपरेकाले सूचीबाट हटाइएको थियो ।
कफीका दानालाई भुट्दा निस्कने रसायनलाई एक्रिल्यामाइड भनिन्छ र जनावरहरूमाथि गरिएको अनुसन्धानअनुसार यसले क्यान्सर निम्त्याउन सक्छ । तर एक्रिल्यामाइड कति हानिकारक हुन्छ भन्ने विषयमा कसैलाई थाहा छैन । अमेरिकामा पिउने पानीका लागि एक्रिल्यामाइडको मात्रा निर्धारण गरिएको छ तर खानेकुरामा छैन । जनावरमा एक्रिल्यामाइडले क्यान्सर गराउने कुरा पत्ता लागेपनि मानवस्वास्थ्यमा यसले पार्ने प्रभावका विषयमा केही पत्ता लाग्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरूले सन् २०१६ मा बताएअनुसार, कफीबाट स्तन, प्रोस्टेट र प्यान्क्रिएटिक क्यान्सर क्यान्सर हुँदैन । अझ यसले लिभर र युटेराइन क्यान्सरको खतरा कम हुन्छ । अमेरिकी खाद्य निर्देशिकाका अनुसार दिनमा पाँच कपसम्म कफी पिउँदा स्वास्थ्यलाई राम्रै गर्छ । एजेन्सी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा