सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।
दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम छ । मोदी जनकपुरसमेत जाने भएकाले त्यस स्थानको सुरक्षालाई समेत ध्यानमा राखिएको छ । मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भने पछाडि धकेलिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा