सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ९। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा दुईवटा ब्यानर राखिएको छ । ब्यानरमा लेनिनको फोटो नभएकोले लफडा भएपछि रोकिएको एमाले–माओवादीको संयुक्तसभा केही बेरमा सुरु हुँदैछ।
दुवै दलबीच छेउछाउमा दुवै दलका छुट्टाछट्टै ब्यानर राखेर संयुक्तसभा अगाडि बढाउने सहमति भएको हो । औपचारिक कार्यक्रम दुवै दलका ब्यानर तयार भएर आइसकेपछि केही बेरमा सुरु हुने जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा