सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ९। नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ । यसअघि गत शुक्रबार मनोनयन गरिएकामा आज पुनः उम्मेदवारको मनोनयनका लागि म्याद थपिएको हो । अहिले १० बजेबाट दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयनका लागि समय तोकिएको केन्द्रीय निर्वाचन समिति सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए ।
निर्वाचन समितिले शुक्रबार मनोनयनमा छुट भएका असन्तुष्ट पक्षधरलाई समेट्नका लागि आज पनि मनोनयनको समय छुट्याइएको हो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएपछि क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघलगायतले असन्तुष्टि जनाउँदै निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।
यही वैशाख २२ गते सात भौगोलिक प्रदेश र उपत्यका, एशोसिएट तथा प्रतिष्ठान गरी १० प्रदेशमा २१ सदस्यीय प्रदेश समितिको निर्वाचन हुँदैछ । निर्वाचनमा पत्रकार महासंघका साधारण सदस्यले मतदान गर्ने छन् । पहिलो पटक प्रदेश समितिको निर्वाचन हुन लागेको हो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा