सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, वैशाख ६ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो ।
अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुने गरी काम गरेको आरोप लगाउँदै अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गरेका थिए ।
प्रा डा गोविन्द केसीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई धम्की दिएको र कीर्ते नागरिकताका आधारमा प्रधानन्यायाधीश भएर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर मुद्दामा गरिएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेरहदका कारण उनको गत साउन २१ गते पदावधि सकिएको भनी न्याय परिषद्ले पत्र पठाएपछि राजीनामा दिइसकेका छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा