सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, बैशाख ६ । नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व. डा. अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई पाँच लाख सहयोग गरेको छ । मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
स्व. अल्वर्टका श्रीमती डा. सिसेल हल्डेन, छोरा डा. हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई पाँच लाखको चेक सहयोग हस्तातरण गरेका हुन् । कोलस्टाडप्रति श्रद्धाञ्जलि दिन आउनेलाई फूलमालाभन्दा पनि पार्थिव शरीरमा पैसा चढाउन परिवारले आग्रह गरेको र सो रकम नेपालमा अन्धोपन निवारणमा लगाउन परिवारले आग्रह गरेको एनएबिपीका कार्यक्रम निर्देशक हरिशरण विष्टले बताए ।
कार्यक्रममा अल्वर्टकी श्रीमती डा. सिसेल हल्डेनले राप्ती आँखा अस्पताललाई भौतिक र प्राविधिक सहयोग गर्ने बताएकी छिन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा