सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
केरलको तिरुवनंतपुरमा रहेको टेक्नापार्क इलाकामा एउटा पराठाको पसल छ । यो आलुको पराठाको पसल यसको आफनै टेष्ट र सर्भिसको कारण फेमस त छ नै साथै यो पसललाई चलाउने दम्पतिको कारण पनि निकै लोकप्रिय छ । श्रीमान प्रेम शंकर मंडल र पत्नी स्नेहा लिंबगाओकरले यो पसललाई चलाउछन् ।
स्नेहा केरल युनिभर्सिटिमा पिएचडि गरीरहेकी छिन र श्रीमान प्रेम शंकर सीएजी डिपार्टमेन्टको जागीर छोडेर स्नेहालाई साथ दिदै छन ताकि उनी आफनो पढाई पुरा गर्न सकुन ।
आफनो पढाई पुरा गरेर जर्मनी जान चाहने र उतै बस्ने सपना देख्ने स्नेहा कलेजबाट फर्किएपछि सिधै पसल पुग्छिन् र श्रीमानलाई काममा सघाउछिन् । पसलमा परौठाको साथ साथै डोसा र अमलेट पनि बन्छ ।
दुबै जनाको भेट आरकुट भन्ने ठाउँमा भएको थियो र त्यही समयदेखी दुबै जना प्रेममा परे । उनीहरु विवाह गरी सँगै जिन्दगी विताउने सम्म्मा पुगे । तर प्रेमशंकर झारखंडमा बस्थे भने स्नेहा महाराष्ट्रकी । दुबै जनाको परिवार यो विवाहको लागी राजि थिएनन् । उनीहरुले आफनो घर–परिवारलाई मनाउन धेरै कोशिश गरे तर उनीहरुले मानेनन् । अत्यमा केही नलागेपछि दुबै जनाले आफनो घर परिवारको मञ्जुरी विना विवाह गरे ।
प्रेम शंकर त्यतीवेला दिल्लिमा जागिर गर्दथे भने स्नेहाको मन पढाईमा भएका कारण उनले पिएचडी गर्ने तयारी गरीरहेकी थिइन ।
स्नेहालाई रिसर्चको लागी केरल युनिभर्सिटिबाट पोस्ट डाक्टरल छात्रवृति मिल्यो । स्नेहाको छात्रावृतिको पैसा जब सकियो तब प्रेमले पराठाको पसल शुरु गरे ताकी स्नेहाको पिएचडिमा कुनै पनि कठिनाई उत्पन्न नहोस ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा