सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ५। बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् ।
आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा