सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, बैशाख ५ । घोराहीमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार बिहान ५: ३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा