सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, बैशाख ४। चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन्। सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन् । दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन् । दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा