सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ४ । सत्तारुढ एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक शुरु भएको छ। वैशाख ९ गते पार्टी एकताको घोषणालाई अन्तिम रूप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पौने १० बजेदेखी बैठक सुरु भएको हो।
बैठक बसेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
वैशाख ९ गते पार्टी एकता गर्ने भनेका सत्तारुढ दल एमाले र माओवादी एकतापछि दुवैको हिस्सा बराबर हुनुपर्ने माग माओवादीले राखेपछि लामो समयसम्म बैठक बस्न सकेको थिएन।
बैठकमा एकतामा प्रतिनिधित्वको आधार, नयाँ पार्टीको चुनाव चिन्ह र विधानमा जनयुद्ध शब्द राख्ने /नराख्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।
पार्टीको धारणासहित बसेको एकता संयोजन समितिको बैठकले विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारीमा दुबै दल रहेका छन् ।
सोमबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकतालाई टुंगोमा पुर्याउन दुई घण्टा लामो छलफल भएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा