सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले वान टु वान वार्ता जारी छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड साढे १० बजे बालवाटार पुगेका छन्।
आराम गर्न भन्दै आइतबार सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगेका प्रचण्ड सोमबार बिहान फर्किएका थिए। त्यसपछि दुई नेता वार्तामा छन् ।
वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता भएको हो ।
एमाले र माओवादीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते पार्टी एकता गर्ने बताएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा