सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, बैशाख २। पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताएका छन् । स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा उनले छिमेकी मित्रराष्ट्र भारतमा यहाँको हिमाली पद यात्रा लगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।
विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा छन्। छतले होटलमा स्विमिङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा विशेष कोठा समेत छ । स्वदेशी तथा विदेशी गैरसरकारी संघसंस्था, नेपाली तथा भारतीय उद्योगी, व्यापारी र पर्यटकको बसाइँलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।
निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश नं को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएको अर्का सञ्चालक रुपमणि राजभण्डारीले बताए । होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनाका साथै थप एक सेमिनार हल निर्माण गर्ने निर्देशक न्यौपानेले बताए ।
उक्त होटलमा दक्ष जनशक्तिद्वारा नेपाली, भारतीय, चाइनिज र इटालिन खाना पकाउनाका साथै रु चार हजार ५०० देखि रु १० हजारसम्मका कोठा उपलब्ध छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा