सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुसको जनतालाई तेस्रो विश्व युद्धको लागी तयार हुनको लागी आहवान गरिएको छ । जसको शुरुवात अमेरीका, व्रिटेन र फ्रान्सले सीरियामा मिसाइल आक्रमणबाट गरीसकेका छन् । साथै उक्त आहवानमा बाच्नको लागी आवश्यक पर्ने सम्पुर्ण खाद्यसामाग्री, औषधि, पानी तथा रेडियसनबाट बच्नको लागी आयोडिनलाई संचित भण्डार गर्न भनिएको छ ।
एक सरकारी रुसी टीवी च्यानलले यो रिपोर्ट दिएको हो । क्रेमलिनको आफनै च्यानलले माध्ययमबाट बाच्नको लागी आवश्यक आपुर्तिको सुझाव दिदै जनतासँग भनेका छन् कि बम शिविरमा शरण लिने दौरान शरीरलाई रेडिएशनबाट बचाउनको लागी आयोडिन प्याक गनी राख्नुहोस ।
सीरियामा जारी युद्धको बिचमा यो रिपोर्ट रोसिया–२४ च्यानलले दिएको हो । यसको साथै उच्च सैनिक विशेषज्ञले चेतावनी दिदै भनेका छन् कि विश्व पहिला नै दोस्रो क्युबा मिसाइल संकटको साक्षी बनिसकेको छ ।
अलेक्जेंडर गोल्ट्सले मस्कोको रेन टीवी सँग कुरा गर्दे भने “एक बर्ष पहिला नै जब मैले भनेको थिए कि हामीहरुले एक नयाँ विश्व युद्धमा प्रवेश गरीसकेका छौ, कसैले पनि यो कुरालाई मान्नको लागी तयार थिएन, अहिले आएर सबैले यो तथ्यलाई मानेका छन्, तर यो स्पष्ट छ कि दोस्रो विश्वयुद्धको घटना चाडै नै अगाडी आएको छ । यो केबल शुरुवात हो हामी स्पष्ट रुपमा क्युबा मिसाइल संकट–२ मा प्रवेश गरीसकेका छौ” ।
बमप्रतिरोधक शिविरमा शरण लिने अवस्था आउनेमा कुन–कुन बस्तुलाई सुरक्षित राख्नु पर्दछ, च्यानलमा यसको विषयमा पनि विस्तारमा बताइएको छ । च्यानलले भनेको छ “युद्धको समयमा खानेकुराको आपुर्तिको साथ साथै कैयौ अत्यावश्यक सामानहरुलाई राख्नको लागी सुझाव पनि दिइयो , तर यस्तो महत्वपुर्ण ब्यवस्थाको पछाडिको असली कारण यो छ कि मानिसहरु आपतकालको लागी खानेकुराको तुलनामा पानीलाई धेरै भन्दा धेरै स्टक राखुन । टीवि हेर्ने सबैलाई चामल प्याक गर्नको लागी अनुरोध गरीएको छ, जसलाई करीब ८ बर्षसम्म सुरक्षितसाथ राख्न सकियोस र आटालाई तिनदेखि ७ बर्षसम्म स्टकमा राख्न सकियोस् “।
विज्ञहरुका अनुसार ‘यो पनि अत्यन्त जरुरी छ कि रेडियशनबाट शरिरलाई सुरक्षित राख्नको लागी आयोडिनको साथ साथै औषधिको आपुर्ति पनि गरीयोस ‘। यो रिपोर्टले विनाशकारी विश्वयीय संघर्षसँग जोडिएको पश्चिमी विश्वमा योसँग जोडिएको कैयौ भयावह खबर फैलिएको दाबी पनि गरिएको छ । यसमा भनिएको छ कि अमेरीकामा सबैभन्दा बढि डरत्रासको स्थिति रहेको छ तर यो निरर्थक कुरालाई रुसले विश्वास गर्छ वा गर्देन ।
अमेरीकाले डोनाल्ड ट्रपलाई राष्ट्रपतिको रुपमा चुने देखि नै बमदेखी बचाउने शिविर बनाउने अमेरीकन कम्पनिको ब्यवसायलाई रफतारको साथ बढाइएको छ जसको भित्रि कारण विश्व युद्ध नै हो । विभिन्न एजेन्सिहरुबाट
फोटो :प्रतिकात्मक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा