सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, बैशाख २ । नेपाली सेनाले मैलुङ देखि स्याफ्रु सम्म डबल लेनको १७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
१७ किलोमिटर सडक निर्माण सम्पन्न भए सँगै गल्छी, त्रिशुली, बेत्रावती मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएको छ।
सडक खुलेको जानकारी दिन नेपाली सेनाको निर्माण कार्यदलले सरोकारवालाहरु सहितको टोलीलाई शुक्रबार मैलुङदेखि स्याफ्रुबेसीसम्म मोटरमा यात्रा गराएको थियो।
सडक निर्माण सम्पन्न भएपनि स्तरोन्नतिको काम बाँकी रहेको सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए । उनले भने,‘अहिले केहि ठाँउहरुमा ग्रेड कटिङ, मोड सुधार र टेवा पर्खाल लगाउने काम भइरहेको छ । भौगोलीक अवस्था हेरी सडक ९ देखि ११ मिटर चौडा बनाइएको छ । सडक खुले पनि अहिले स्तरोन्नतिको काम भइरहेकाले तत्काल सवारी साधन सञ्चालनका लागि भने अनुमति छैन्। ’
स्तरोन्नतिको काम भइरहेकाले नेपाल सरकारलाई सडक हस्तान्तरण गर्नु पूर्व यातायात सञ्चालन गर्न रोक लगाएको केसीले बताए । सेनाले वैशाखसम्ममा सरकारलाई सडक हस्तान्तरण गर्नेछ।
सरकारले २०७२ सालको भूकम्पपछि सडक निर्माणका लागि सेनालाई जिम्मा दिएको थियो। भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन गरी २३ किलोमिटर सडक तोकिएको निर्धारित समयमा सेनाले निर्माण गरेको छ।सडक निर्माण सम्पन्न गर्न हालसम्म ६८ करोड ६९ लाख खर्च भइसकेको छ।
काठमाडौंबाट बेत्रावती धुन्चे हुँदै रसुवागढी जोड्ने सडकको दूरी १ सय ४५ किलोमिटर रहेको छ। काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी भने १२२ किलोमिटर मात्र छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
उक्त सडक दक्षिण एसिया जोडने लाइफ लाइनको रुपमा रहने छ । गल्छि, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र (दक्षिण) (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ।
अहिले सञ्चालमा रहेको पासाङल्हामु मार्गको बेत्रावती, कालिकास्थान, धुन्चे स्याफ्रुबेसी सडकभन्दा बेत्रावती, मैलुङ, स्याफ्रुबेसी सडक २५ किलोमिटर छोटो रहेको छ। चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ। सेनाबाट सडक हस्तान्तरण गरेपछि सडक विभागले कालोपत्रेको काम अघि बढाउनेछ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा