सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, चैत ३०। सराङकोटको धार्मिक पर्यटन विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ गत माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट रु छ करोड छ लाख ५४ हजार ४०७ बचत भएको छ । बिहीबार सराङकोटमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले रु छ करोड ३९ लाख ४७ हजार ८०५ आम्दानी भएको र रु ३२ लाख ९३ हजार ३९८ खर्च भएको जानकारी दिए । सराङकोटमा विशाल शिवमन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ महायज्ञ सञ्चालन गरिएको जानकारी हो । उनले महायज्ञमा बौद्ध अंग्रेजी शिक्षक ङवाङ बिष्टले १५ करोडको लागतमा विशाल बौद्ध मन्दिर निर्माणार्थ सहयोग घोषणा गरेको बताए ।
तिमिल्सिनाका अनुसार प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीले मुख्य शिवमन्दिर तथा उक्त परिसरमा बन्ने अन्य मन्दिरका मूर्तिसमेत निजी खर्चमा उपलब्ध गराउने घोषणा गरेका थिए । मन्दिर सहितका संरचना निर्माणका लागि विभिन्न दाताबाट आठ रोपनी एक दाम जग्गा महायज्ञमा दान प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले विशाल शिव मन्दिरका साथै बुद्ध मन्दिर निर्माणले सराङकोटलाई धार्मिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य साबित गर्ने विश्वास व्यक्त गरे ।
महायज्ञका मूल कथावाचक भागवत भाष्कर कमलनयन गौतम थिए । सो अवसरमा शिव मन्दिरको निर्माणार्थ एक करोड र आगामी दिनमा मन्दिरको नित्य पूजा सञ्चालनका लागि रु २५ लाखको अक्षयकोष स्थापना गरिदिने अन्नपूर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीलाई सम्मान गरिएको थियो ।
समुद्री सतहबाट लगभग एक हजार ५९२ मिटर उचाइमा रहेको सो स्थानसम्म पुग्न पोखरा–बागलुङ राजमार्गको बिन्ध्यवासिनी चोकबाट साढे सात किलोमिटरको दूरी तय गर्नुपर्छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा