सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, चैत २९। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुनीबेँसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ।
धादिङको धुनीबेंसी नगरपालिकाबाट महादेवबेंसीतर्फ जाँदै गरेको ना ५३ प ३०४८ नं को मोटरसाइकल अनियन्त्रित भई नालामा ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएपछि घाइते भएका गजुरेलको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा