सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २८ । डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत भएको छ। आज आज प्रहरी प्रधान कार्यालय नक्सालमा राजिनामा दिएका खरेलको गृहमन्त्री रामबहादुर थापाले राजीनामा स्वीकृत गरेका हुन्।
सरकारले मंगलवार डिआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरे लगतै डिआइजी रमेश खरेलले बुधबार दिउँसो राजिनामा दिएका थिए। आफुले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजिनामा दिएको खरेल बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो । नवनियुक्त प्रहरी महानिरीक्षक खनालले खरेललाई राजीनामा नदिन बरु मिलेर काम गर्न आग्रह गरेका थिए ।
खरेल २०४५ सालमा भलिबल खेलाडीको रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आईजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरिक्षकको परीक्षा उतीर्ण गरी प्रहरी निरिक्षक भएका थिए।
खरेलले आफू आईजीपी बन्ने उद्देश्य अनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरेका छन्, ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा