सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २८ । सरकारले मंगलवार डिआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरे लगतै डिआइजी रमेश खरेलले राजिनामा दिएका छन्। सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । आफुले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजिनामा दिएको खरेल बताएका छन्।
खरेल २०४५ सालमा भलिबल खेलाडीको रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आईजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरिक्षकको परीक्षा उतीर्ण गरी प्रहरी निरिक्षक भएका थिए।
खरेलले आफू आईजीपी बन्ने उद्देश्य अनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरेका छन्, ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा