सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाँचथर, चैत २८ । पाँचथरको फाल्गुनन्द गाउँपलिका–२ ईङवुङ बस्ने ४५ वर्षीय ईन्द्र नेम्वाङले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । मंगलबार बेलुका ९ बजेतिर ४१ वर्षीया श्रीमती जिवनी नेम्वाङलाई ईन्द्रले मादकपदार्थ सेवन गरी सामान्य वादविवादमा खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेकी उनको जिल्ला अस्पताल फिदिममा उपचार भइरेहको छ भने ईन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सुनसरीको धरान–८ बस्ने ३६ वर्षीय गोपाल तामाङ खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई २३ वर्षीय छिमेकी विमल धामी लगायतको ३्४ जनाको समुहले बेलुका ९ बजेतिर खुकुरी प्रहार गरेको हो ।
उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा