सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २८ । पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन्। स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन्।
ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान गर्न बाँकी छ । यसका लागि मात्रै ३ महिनाभन्दा धेरै समय लाग्ने देखिन्छ,’ परियोजना कार्यन्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले भने ।
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा भएको छ। मंगलबार दिउँसो २ः२५ बजे २७.५८४ किमि सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै मेलम्चीको पानी काठमाडौं छिटै आउने सम्भावना बलियो भएको छ। अन्य व्यवस्थापकीय काम सकेर आगामी भदौसम्ममा काठमाडौंमा पानी आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । तर, उपभोगका लागि भने माघदेखि मेलम्चीको पानी प्रयोगमा ल्याइने उनले बताए ।
अब, कति काम बाँकी ?
सुरुङ खनिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ। २३/०८४ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ ।
सुरुङभित्र कम्तीमा तीनवटा एअर लिफ्ट भेन्टिलेटर पनि राख्नुपर्छ । यसका लागि कम्तीमा ६० दिन लाग्छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङको मुख जोड्न २५० मिटर पाइप बिछ्याउन बाँकी छ । सिन्धुपाल्चोकस्थित पानीको मुहानमा पनि ६० मिटर लम्बाइको पाइप बिछ्याउन बाँकी छ । सुरुङभित्र छिर्ने अडिटको मर्मत पनि गर्नुपर्नेछ । सबै काम योजनाअनुसार अघि बढे सकिन कम्तीमा साउनको मसान्तसम्म कुर्नुपर्छ । तर, सबै काम सकिएको अर्को ६ महिनापछि मात्रै उपत्यकावासीले पानी पिउन पाउनेछन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा