सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २७ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ महानिरीक्षक नियुक्त गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी महानिरीक्षकमा डीआइजी सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका सिंहबहादुर श्रेष्ठ दुबैले भोली (चैत्र २८) गतेबाट अनिर्वाय अवकाश लिदैछन् । रिक्त हुनुभन्दा एक दिनअगाडिमात्रै मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
नेपाल प्रहरीको २६औं महानिरीक्षक नियुक्त भएका खनाल वि.सं. २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
आफ्नै ब्याजका डीआइजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।
गत साउनमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवा भएका खनाल कार्य सम्पादन मूल्याङ्कन र संगठन हाँक्न सक्ने क्षमता र वरिष्ठताको आधारमा एक नम्बरमा थिए ।
सशस्त्र प्रहरी बलमा आईजीपीको दाबेदारका रूपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धीका रूपमा देखिनुभएको थियो। खनालको ब्याचबाट उहाँ एक्लै एआईजी बन्नुभएको थियो भने उहाँका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा हुनुभएको थियो।
सशस्त्र प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) खनाल, पुष्पराम केसी र नारायणबाबु थापा प्रतिस्पर्धामा थिए । वरीयताका आधारमा सशस्त्रमा शैलेन्द्र खनाल अगाडि थिए ।
सशस्त्र प्रहरीमा सेनामा झैं वरिष्ठताको आधारमा संगठन प्रमुख नियुक्त गर्ने परम्परा छ। सशस्त्रको झण्डै २ दशकको इतिहासमा सबै आईजीपीहरू वरिष्ठताको आधारमा तोकिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा