सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २७ । एनआईसी एशिया बैक र आईएफसी वीच दीर्घकालीन कर्जा लिने दिने सम्झौता भएको छ । आज एक कार्यक्रमका विच उक्त कर्जा सम्झौता पत्र आदानप्रदान भएको हो ।
समारोहमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा आईएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी भएका थिए । उक्त दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले यस अघि नै नेपाल राष्ट्र बैकबाट स्वीकृतिको लागि आवेदन दिइसकेको छ ।
देशमा विद्यमान तरलताको अभाव तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पर्याप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैकले अन्तर्राष्ट्रिय बैक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने विषयलाई मध्यनजर गर्दै सो सम्झौता भएको जनाइएको छ ।
बैंकले दीर्घकालीन कर्जा प्रस्ताव नियमकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई मुलुकमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत श्रोत संकलन गर्ने र परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने विश्वास लिएको छ ।
उक्त कर्जा वापत प्राप्त हुने रकम बैकले आईएफसी तथा नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने बैकका का.मु प्रमुख कार्यकारी निर्देशक रोशन कुमार न्यौपानेले जानकारी दिनु भयो । साथै न्यौपानेले उक्त लगानी मार्फत देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास ब्यक्त गरे।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा