सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २७ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरेर प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो ।
सरकारले विद्यालय भर्ना दिवसलाई सफल बनाउन विद्यालय जाने उमेर पुगेका बालबालिकालाई विद्यालय भर्ना गराउन आह्वान गर्ने निर्णय समेत गरेको छ। सरकारले मन्त्री, सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, सरकारी अधिकारी, उद्योगी, कलाकार, शिक्षक संगठन, गैह्र सरकारी संस्था सबैलाई विद्यालय भर्ना अभियानलाई सफल बनाउन एकरएक बालबालिकालाई विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ।
आजको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकको विषयमा भने कुनै निर्ण गरेको छैन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भोलिदेखि महानिरीक्षक पद खाली हुदैछ ।
नेपाल प्रहरीबाट आइजिपीका लागि अहिलेका १२ जना डिआइजी प्रतिष्पर्धी छन् भने कडा प्रतिस्पर्धामा तीन डिआइजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा