सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, चैत २६ । थ्रीस्टारले त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै विराट गोल्डकप फुटबलको उपाधिमा कब्जा गरेको छ ।
सोमबार साँझ विराटनगरको शहीद रंगशालामा भएको खेलमा थ्रीस्टारको लागी विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको थ्रि स्टारको लागी ५६ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै खाता खोले। त्यसपछि खेलको ७३ औं मिनेटमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्ती मगरले पेनाल्टिमा पाएको बललाई जाली चुमाए ।
खेल सकिन एक मिनेट मात्र बाँकी रहँदा बिमलले ब्यक्तिगत दोस्रो गाल गर्दे थ्री–स्टारको जित सुनिश्चत गरे ।
उपाधि विजेता थ्री स्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । दोश्रो भएको आर्मीले ५ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार हात परेको छ ।
फाइनलमा थ्रीस्टारका अजायी मार्टिन म्यान अफ दि म्याच घोषित भए उनले १० हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ दि टुर्नामेन्ट भएका थ्रीस्टारका अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे ।
उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए । उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल बम, उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, डिफेन्समा आर्मीका विमल पाण्डे र चार गोल गरेका थ्रीस्टारकै विमल घर्तीमगर सर्वाधिक गोलकर्ता घोषित भए ।
उनीहरु सबैले जनही २५÷२५ हजार रुपैयाँ प्राप्त गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा