सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २६ । आम्दनी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। यो खबर आजको कारोबारले छापेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिसँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको छ। नेपाल सरकारले अदक्ष र दक्ष कामदकारका रुपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा