सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २७ । संयुक्त अरब इमिरेट्स (यूएई) ले रोजगार भिसाका लागि ‘चालचलनको प्रमाणपत्र’ पेस गर्नुपर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयलाई सोमबार यूएईले यस्तो जानकारी गराएको हो। वैदेशिक रोजगारका लागि यूएई जाने नेपाली श्रमिकले ‘चालचलनको प्रमाणपत्र’ पेस गर्नुपर्ने निर्णयको आलोचना बढेपछि यूएईले यस्तो निर्णय गरेको जनाइएको छ।
दूतावासले चालचलन प्रमाणीकरणका नाममा ४ हजार ३ सय रुपैयाँ लिन थालेपछि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत यूएई सरकारको ध्यानाकर्षण गराएको थियो। प्रमाणपत्र लिन नेपाली कामदारले हैरानीसमेत बेहोरेका थिए। सुरक्षाको कारण देखाउँदै गत फेब्रुअरी ४ बाट यो नीति कार्यान्वयनमा ल्याइएको थियो।
‘चालचलनको प्रमाणपत्र रद्द गरेको औपचारिक जानकारी सोमबार पाएका छौं,’ श्रम, रोजगार तथा सामाजिकमन्त्री गोकर्ण विष्टले भने, ‘यूएई सरकारको पछिल्लो नीतिले नेपाली श्रमिकलाई राहत मिलेको छ।’
यूएईले ५ वर्ष बसेको मुलुकबाट प्रहरी प्रतिवेदन बनाउने नियम ल्याएको थियो। यूएईले अर्को सूचना जारी नभएसम्म अप्रिल १ बाट लागू हुने गरी यो नियम रद्द गरेको जनाएको छ।
‘कामदार आपूर्ति गर्दा पेस गर्नुपर्ने असल आचारणसम्बन्धी मन्त्रिपरिषदको २०१७ को निर्णय नम्बर १/८ लाई मन्त्रिपरिषदको निर्णय नम्बर २०१८ को २० (४) ले अल्पकालीन रूपमा रद्द गरेको सूचित गरिन्छ,’ यूएईको मानव संसाधन मन्त्रालयले पठाएको सूचनामा छ। कान्तिपुर दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा