सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, चैत २६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले संगठन चलायमान हुन नसक्दा पार्टी ध्वस्त बनेको आरोप लगाए।
‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन।’ सभापति शेरबहादुर देउवाप्रति कडा प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ। जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन।’
विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उनले बताए। एक वर्ष ११ महिना समय रहेको भन्दै उनले यही अवधिमा विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा