सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, चैत्र २४ । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको पहिलो खेल खेल्न नपाउने भएका छन् । गौतम गंभीरको कप्तानीमा मैदानमा उत्रन लागेको दिल्ली डेयर डेभिल्सको आजको खेलमा प्लेइङ ११ को सुची भित्र सन्दिप परेका छैनन्।
नेपाली क्रिकेट प्रेमीले निकै महत्वका साथ हेरेको इन्डियन प्रिमियर लिगमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले पहिलो खेल खेल्न नपाउने भएका हुन् ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार पञ्जाब क्रिकेट एशोसियशन स्टेडियममा अपरान्ह ४ः१५ बाट सुरु भएको छ ।
डिल्ली डेयर डेभिल्सको तर्फबाट प्लेइङ ११ मा परेका खेलाडीहरु
– गौतम गंभीर (कप्तान)
– कॉलिन मुनरो
– ऋषभ पंत
– श्रेयस अय्यर
– क्रिस मॉरिस
– विजय शंकर
– डेनियल क्रिस्चियन
– अमित मिश्रा
– राहुल तेवटिया
– ट्रेंट बोल्ट
– मोहम्मद शमी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा