सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २३ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउने भएका हुन् ।
भ्रमणका क्रममा २५ गते आइतबार विश्वाविद्यालयको दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि दिइने तयारी गरिएको हो । आफ्नो भारत भ्रमणबारे मंगलबारको संसदमा जानकारी गराउँदै ओलीले उक्त विश्वविद्यालयको चर्चा गरेका थिए । नेपाल समाचारपत्रबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा