सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, चैत २१। बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् ।
घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । चट्याङबाट घरमा सामान्य क्षति पुगेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा