सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ । माल्दिभ्स र भारतको बीच सम्बन्ध विग्रेको देखिन थालेको छ । माल्दिभ्सले भारत सरकारको तर्फबाट गिफ्टमा पाएको दुई नौसेनाका हेलिकप्टर मध्ये एउटालाई फिर्ता लानको लागी भनेको छ ।
भारतीय आधिकारीक सुत्रले बताए अनुसार, ‘हामी अब्दुल्ला यामीन सरकारसँग छलफल गरीरहेको छौ तर माल्दिभ्स सरकारी सुत्रबाट पाएको जानकारी अनुसार माल्दिभ्स भारतसँग डार्नियर मेरिटाइम सर्विलान्स एयरक्राप्ट चाहन्छ’ भारतीय अधिकारीले भने ।
जुन हेलिकप्टरलाई माल्दिभ्स फर्काउन चाहन्छ त्यो अद्दु द्धीपमा अपरेट गर्दछ ।
मालिदभ्सको यो मागलाई लिएर भारतभर हलचल मच्चिएको छ किनभने हिजोमात्र पाकिस्तानी आर्मि चिफ कमर बाजवाले माल्दिभ्स भ्रमण गरेका थिए । उनले त्यहाँ उच्च राजनितिक ब्यक्ति तथा विशिष्ट सुरक्षा अधिकारीसँग शिष्टाचार भेटबार्ता गरेका थिए । पाकिस्तानी आर्मी चिफको माल्दिभ्स भ्रमण र हेलिकप्टर फिर्ता हुनुलाई अहिले सबैले धेरै ठुलो महत्वका साथ हेरिरहेका छन् ।
सुत्रका अनुसार माल्दिभ्स लामु द्धीपमा अपरेट गरीरहेको दोस्रो भारतीय हेलिकप्टरलाई पनि भारतलाई नै फिर्ता गर्ने सोचमा रहेको बताइएको छ ।
लामु एउटा यस्तो संवेदनशील ठाउँ हो जहाँ चीनले आफनो बंदरगाह बनाइरहेको छ ।
पछिल्लो समय चीनलाई टक्कर दिन तथा माल्दिभ्सलाई आफनो प्रकडमा पार्न भारतले माल्दिभ्समा धेरै लगानी गरेको छ । भारतले कैयौ बर्षदेखि माल्दिभ्सलाई सैन्य सहायता पनि दिइरहेको छ । भारतले माल्दिभ्सलाई पोल गिफ्ट गनुको साथै ६ जना पाइलट र दर्जनौ ग्राउण्ड स्टाफ पनि दिएको छ । यसको अलावा हाल १० कोस्टल सर्विलांस रेडार सिस्टम विकसित गर्नमा भारत माल्दिभ्सको मद्यत गरीरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा