सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २० । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ । बैठकमा एकता मस्यौदा कार्यदलहरुले बुझाएका प्रतिवेदनमा छलफल हुने बताइएको छ । पार्टी एकताको संगठनात्मक संरचना र पार्टीको वैचारिक अवधारणाका लागि गठन गरिएको मस्यौदा कार्यदलले आफ्ना प्रतिवेदन तयार पारिसकेका छन् ।
धेरै बिषय टुंगो लागेपनि एकिकृत पार्टीको निर्वाचन चिन्ह, जनयुद्धवारेको बुझाई र सांगठनिक हैसियतवारे छलफल जारी छ । माओवादी केन्द्रले बराबरी हैसियतमा मात्रै एकता हुन सक्ने बताउँदै आएको छ । पाटीको शक्ति र सामाथ्र्यका आधारमा हैसियत निर्धारण हुने एमाले नेताहरुले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा