• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

      नौ महिनामा ३० गैँडा मरे

      नुहाउने क्रममा सेती नदीमा बेपत्ता युवक परेनन् फेला

      शनिबारको हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडायो

      भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

    होमपेज /  समाचार

    जलविद्युतमा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ फागुन ७, सोमबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, फागुन ७। सरकारले विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न ‘विद्युत् आयोजनाका लागि विदेशी विनिमय सुविधा सिफारिससम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले गत माघको अन्तिम सातादेखि उक्त कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । मुलुकमा निर्माणाधीन र निर्माणका क्रममा आउन लागेका आयोजनामा कार्यरत विदेशी नागरिकले पारिश्रमिकबापत लिने रकम विदेशी मुद्रामा नै भुक्तानी दिने व्यवस्थाका लागि उक्त कार्यविधि कार्यान्वयनमा ल्याइएको हो ।

    ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेका अनुसार सबै प्रकारका करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक ड्राफ्ट, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र र क्रेडिट कार्डलाई जनाउने गरी कार्यविधि ल्याइएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम झिक्न विशेष अधिकार दिएका निकाय, एशियन करेन्सी युनिट, यूरोपियन करेन्सी युनिट तथा बैंकले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य उपकरणसमेतलाई जनाउने गरी कार्यविधिमा उल्लेख गरिएको छ ।

    कार्यविधिअनुसार परामर्श सेवाका लागि चाहिने विदेशी विनिमय सुविधा लिनका लागि विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीको बहाल रहेको सर्वेक्षण अनुमतिपत्रको प्रतिलिपि, सम्झौतामा उल्लेखित कार्यको प्रगति विवरण, सम्झौता बमोजिम सम्पन्न कार्यको प्रवद्र्धकबाट जारी स्वीकारपत्रको प्रतिलिपि, सम्झौता बमोजिम कार्यका लागि आवश्यक विदेशी विनिमयको अधिकतम रकम उल्लेख भएको आवश्यक कागजात, विदेशी मुद्रा अपचलन नगर्ने कबुलियतनामा र अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणित प्रतिलिपि र भुक्तानीका लागि सिफारिस माग भएको रकमको कर कट्टा गरी कर दाखिला गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि जरुरी रहने कार्यविधिमा समावेश गरेको छ।

    विद्युत् आयोजनाको विकास गर्न चाहने प्रवद्र्धकले विद्युत्को उत्पादन, प्रसारण तथा वितरणसम्बन्धी निर्माण कार्यको परामर्श सेवाबापत गर्नुपर्ने भुक्तानीका प्रचलित कानून बमोजिम सम्झौतामा उल्लेख भएको रकम उल्लेख गर्नुपर्ने जनाइएको छ । नेपालमा विशेष गरी जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०, सुरुङ निर्माण तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल कार्यमा विदेशी परामर्शदाताले काम गर्दै आएका छन् । केही परियोजनामा त इन्जिनियर तथा प्राविधिकसमेत विदेशी नागरिक कार्यरत छन् ।

    कार्यविधिको अभावमा केही आयोजनामा कार्यरत विदेशी प्राविधिक पर्यटक प्रवेशाज्ञामा आउने, काम गर्ने र सकिएपछि पुनः म्याद थप गर्ने गरिएको छ । नेपालमा काम गर्न आउने प्राविधिक तथा अन्य कामदारले श्रम स्वीकृतिसमेत लिनुपर्ने प्रावधान रहेको छ । यस्तै आयोजनाका लागि आवश्यक पर्ने मालसामान खरिदका लागि चाहिने विदेशी विनिमय सुविधाका लागि पनि नयाँ कार्यविधि सहायक सिद्ध हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

    विद्युत्को उत्पादन, प्रसारण तथा वितरणको सर्वेक्षण तथा निर्माण, मर्मत एवं सम्भारकार्य, मालसामान आपूर्तिकर्तासँग सम्झौताको नोटरी पब्लिकबाट प्रमाणित कागजात, भुक्तानीका लागि जारी भएको बिल बिजक, सम्झौता बमोजिमको कार्यका लागि आवश्यक विदेशी विनिमयको अधिकतम रकम उल्लेख भएको कागजात जरुरी पर्नेछ ।

    विगतमा प्राप्त गरेको विदेशी विनिमय सुविधाको प्रमाण खुल्ने कागजात तथा विद्युत् उत्पादन तथा वितरणको सञ्चालित आयोजनाको मर्मत सम्भारको कागजात जरुरी पर्नेछ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र, २०७२ व्यवस्था भएअनुसार विद्युत् उत्पादन, प्रसारण तथा वितरणसम्बन्धी आयोजनाको सर्वेक्षण कार्य र परामर्श सेवासँग जोडिएका विषयलाई उक्त कार्यविधिले सम्बोधन गरेको छ । कार्यविधिले जलविद्युत् आयोजनालाई सहज रुपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ । –रमेश लम्साल, रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    उदयपुर गढीमा खानेपानीको हाहाकार

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

    बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

    भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    उदयपुर गढीमा खानेपानीको हाहाकार

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

    सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑