सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ७ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले रौतहटको गौरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुने बताए ।
उनले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताए । कार्यक्रम प्रेस चौतरी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको थियो । रासस
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा